करेन्ट लागेर विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको मृत्यु

सुर्खेत। करेन्ट लागेर विद्युत् प्राधिकरण सुर्खेतका एक कर्मचारीको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–३, तातापानीका २८ बर्षीय विशाल केसी रहेका छन्।

बराहताल गाउँपालिका–८, कुनाथरीमा विद्युत् मर्मत गर्ने क्रममा उनलाई मंगलबार करेन्ट लागेको थियो । विद्युत् प्राधिकरण सुर्खेतका सूचना अधिकारी बेनी नेपालीले अनुसार करेन्ट लागेर घाइते भएका केसीलाई प्रदेश अस्पताल लगिएको थियो। अस्पतालले बेलुका ८ बजेतिर उनको मृत्यु भएको घोषणा गरेका थिए ।

अहिले उनको मुचुल्का उठाइने काम भइरहेको र‌ त्यसपछि पोस्टमार्टम गरिने बताए।

तपाईको प्रतिक्रिया