कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले पाए विश्वासको मत

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन ।

बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेललाई नेकपा एमाले,नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका २३ सांसदले विश्वासको मत दिएका हुन ।

मुख्यमन्त्री कँडेलले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत पाऊँ भनेर प्रदेशसभा समक्ष प्रस्ताव पेस गरेका थिए । ४० सदस्यीय प्रदेशसभामा सभामुखसहित ३८ मध्ये मतदानमा ३५ जना सदस्य सहभागी भएका थिए । सहभागीमध्ये मुख्यमन्त्री कँडेलको पक्षमा २३ र विपक्षमा १२ र एक सांसद तटस्थ बसे ।

तपाईको प्रतिक्रिया