
काठमाडौं। काठमाडौं प्रदूषित सहर मध्ये विश्वकै पहिलो स्थानमा रहेको छ । उपत्यकाको वायु प्रदूषणको दर उच्च तहमा पुगेको छ।
वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरले काठमाडौंको प्रदूषण दर १९४ मापन गरिएको छ ।
जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ ।
विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा पाकिस्तान र तेस्रो स्थानमा भारतको नयाँदिल्ली रहेको छ । पाकिस्तानको प्रदूषण तह १८६ र भारतको नयाँदिल्ली १७३ छ ।

नेपालीरैबार । २०८१ बैशाख १४, शुक्रबार