
काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार शुक्रबार सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाल सुन तोलामा एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ३५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजाबी सुन तोलामा एक लाख ३६ हजार ५५० रुपैयाँ कारोबार भइरहेको छ ।
शुक्रबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आज दिन चाँदी तोलामा एक हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

नेपालीरैबार । २०८१ बैशाख १४, शुक्रबार