
सुर्खेत। कर्णाली प्रदेश सरकारले पत्रकारिता पुरस्कारका लागि आवेदन माग गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार सूचना प्रकाशन गर्दै इच्छुक पत्रकारलाई २१ दिनभित्र आवेदन पेश गर्न माग गरेको छ । मन्त्रालयले प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि–२०८१ बमोजिम पुरस्कार प्रदान गर्ने जनाएको छ ।
‘कर्णाली प्रदेश पत्रकारिता पुरस्कार वितरण कार्यविधि, २०८० बमोजिम पुरस्कार प्राप्त गर्न इच्छुक पत्रकारले कार्यविधिको दफा ३ बमोजिम देहायको ठेगानाको विद्युतीय प्रणाली मार्फत २१ दिनभित्र निवेदन दिनुहुन र सो सम्बन्धी विस्तृत जानकारीका लागि मन्त्रालयको वेबसाइट https://moial.karnali.gov.np/np/ मा राखिएको कार्यविधि अध्ययन गर्नुहुन यो सूचना प्रकाशन गरिएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नेपालीरैबार । २०८१ बैशाख २४, सोमबार