
सागर रावल
तिमिले रातो पासपोर्ट बेचेका छौ
तिमीले काठ तस्करी गरेका छौ ।
तिमीले देश बिखण्डन गर्न
आरएसएसहरुसित बाचा गरेका छौ ।
सिआइएको महिनावारि बुझेका छौ
लाखौं आमाबुबाको छोराछोरीलाई बिदेशको उपहार काठको बाकस दिएको छौं, हजारौ जनताको पैसा ठगेर आफू उठेको छौं ।
सोझा साझा चेलीलाई बेचेका छौं।
अझै बेच यो देशमा तिमीलाई पुगेको छैन भने।
तिमिलाई पुरस्कृत हुनु छ भने खोलानाला बेच
अरु पनि गर सोझा साझालाई सहिद बनाउ
निर्दोष बुबाआमाको आँसु बगाउ आफू पुरस्कृत हुन्छौंभने ।
अझै बेच यो देशमा तिमीलाई पुगेको छैन भने।
तिमी सबै गर अरुलाई गाली गर ,अरुलाई घृणा गर
यो सत्तामा यो तिम्रो योग्यता हुनेछ।धर्ति छोडेर आकाश टेकेका छौ ।
गरिबको छानोलाई उडाएर महल ठड्याएको छौं।तिमी सबै गर
यो देशमा तिमीलाई अझै पुगेको छैन भने।
आंखा नहुनेले मन्त्री पद पाएपछि भन्यो
मैले देखेझैं तिमीले कहां देखेका छौ
अरे यो देशको के बाँकी राखेको छौं तिमीले।
अझै गरिबका बस्ती उजाड टहरा हटाऊ सरकारी जग्गा हिनामिना गर
यो देशमा तिमीलाई अझै पुगेको छैन भने ।
बर्षौ देखि यो देशमा असल मान्छे खाेजीरहेको छु ।
भन न आज सम्म क_ कसलाई भेटेको छौं
कोही भन्छ म देशको लागि आफै बेचिन तयार छु ,कोही भन्छ आफू सकिएर देश बनाउँछु , नेपाल आमालाई रुवाएको छौं तिमीले आफ्ना लागि देश बेचेका छौ। अझै मेची ,देखि महाकाली बेच पश्चिमको काँकडभिट्टा नाकाबाट , पूर्वमा टिस्टा बाँकी राखेनौँ।
अझै बेच यो देशमा तिमीलाई पुगेको छैन भने।
भुकम्पले धेरैलाई बेघर बनायो
धेरैलाई टुहुरा बनायो ,धेरै को सिँन्दुर पुछियो
धेरै को बुढेस कालको साहारा छिनियो
देशको भूगोल लाइ तहस नहस बनायो।
नेपाली जनता लाइ बिचल्ली बनायो।
अझै अपाङ्ग टुहुरा ,बृदको भत्ता कटौती गर आफ्नो खल्ती भरेर उनीहरुलाई घर बार विहिन बनाऊ ,रोजगारीका उधारो
भाषण सुनाउँ जति गर्नु छ गर ।
अझै गर यो देशमा तिमीलाई पुगेको छैन भने ।

नेपालीरैबार । २०८१ बैशाख ३०, आईतवार