काठमाडौं। सुर्खेत गोलीकाण्डका मुख्य अभियुक्त सन्तोष गिरी पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरीलाई भक्तपुरबाट पक्राउ गरेको हो ।
गिरीमाथि २०८० फागुन १२ गते वीरेन्द्रनगर नगरपालिका १ गैरीचोक बस्ने विनोद गिरीमाथि गोली प्रहार गरेको आरोपमा ज्यान मार्ने उद्योग, हातहातियार खरखजना तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता भएको थियो । त्यसपछि फरार रहेका उनलाई प्रहरीले सुर्यविनायकबाट पक्राउ गरेको हो ।
पक्राउ परेका गिरीमाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेत पठाइएको अनुसन्धान कार्यालयले जनाएको छ ।
नेपालीरैबार । २०८१ जेष्ठ ४, शुक्रबार