
काठमाडौं। आइतबार स्थानीय बजारमा सुनलो मूल्य तोलामा १ हजार ६ सयले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन शुक्रबार तोलामा १ लाख ३९ हजार तीन सयमा कारोबार भएकोमा आजका लागि भने एक लाख ४० हजार नौ सय निर्धारण गरिएको छ।
यस्तै तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३८ हजार छ सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ४० हजार दुई सय निर्धारण भएको छ।
चाँदीको मूल्य १ हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

नेपालीरैबार । २०८१ जेष्ठ ६, आईतवार