शुक्रबार पनि सुनको मूल्यमा गिरावट

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार आठ सयले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन एक लाख ३६ हजार नौ सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन तोलामा एक लाख ३८ हजार सात सयमा कारोबार भएको थियो ।

 

तेजाबी सुन बिहीबार तोलामा एक लाख ३८ हजार ५० मा कारोबार भएकामा आज भने एक लाख ३६ हजार दुई सय ५० निर्धारण भएको छ ।

शुकबार चाँदीको मूल्य तोलामा १० ले घटेको छ । बिहीबार तोलामा एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आज भने एक हजार आठ सय ५५ निर्धारण भएको महासङ्घ जनाएको छ ।

तपाईको प्रतिक्रिया