माछा मार्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु

काठमाडौं। माछा मार्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । कमलामाई नगरपालिका(११ धमिले बस्ने निर्मल कुमार थापाको छोरा १५ वर्षीय पुष्कर दीप थापाको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।

घर नजिकै रहेको धमिले खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया