मंगलबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं। मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर तोलाको १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

आज तेजाबी सुन पनि ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर तोलाको १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया