जाजरकोट भेरी नदीमा एक व्यक्ति मृत अवस्थामा फेला

सुर्खेत। भेरी नदी किनारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । भेरी नगरपालिका ११ स्थित हुक्काडोला स्थित भेरी नदी किनारको पानीमा अन्दाजी ४० देखि ४९ वर्षीय एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।

सोमबार स्थानियले पुरुष व्यक्तिको लास पानीमा तैरिरहेको छ भन्ने सूचाना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक माधव विश्वकर्माको कमाण्डमा घटनास्थल तर्फ गएको प्रहरी टोलीले शवको मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान गरी शवलाई परीक्षणका लागि जिल्ला अस्पताल जाजरकोटको शव गृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विश्वकर्माले जनाए । मृतक व्यक्तिको पहिचान भने खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया