शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य १८ सयले बढेसँगै तोलाको एक लाख ४६ हजार ७ सयमा कारोबार भएको हो ।

यस अघि बिहीबार सुनको तोलाको १ लाख ४४ हजार ९ सयमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ बढेर तोलाको १९०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया