सुर्खेत । सबै खाले बीमा प्रणालीमा रहेका बेथिति हटाई सरल, पहँुच योग्य र विश्वस्निय बनाउनु पर्नेमा जोड दिइएको छ । मंगलबार वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरिय पत्रकारहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागिले बीमा प्रणाली तथा बीमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धि तथा विश्वसनिय बनाउनु पर्नेमा सहमागिहरुले जोड दिएका हुन् ।
नेपाल पत्रकार महासंघ कर्णालीका कोषाध्यक्ष गणेशकन्चन भारतीले बिमितले बीमा क्लेम गर्दा भोग्नुपर्ने सास्तीको अन्त्य हुनुपर्नेमा जोड दिए । पछिल्लो समय कर्णालीमा बीमा कम्पनीको उपस्थिती हुनु राम्रो रहेको उल्लेख गर्दै उनले लगानीको दायरा बढाउने गरी कार्यविधि बनाउनु पर्नेमा जोड दिए । यस्तै, पत्रकार महासंघ कर्णालीका सचिव दीपक बुढाले विशेष गरी सवारी साधन दुर्घटना बीमामा हुने चलखेलको अन्त्य हुनुपर्ने बताए । उनले बीमाका बारेमा आम नागरिकलाई प्रशिक्षित गर्न मिडियासँग सहकार्यको वातावरण मिलाउनु पर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका महासचिव खगेन्द्र भट्टराईले बीमाका सकारात्मक पक्षका बारेमा जानकारी गराउन नसक्दा यसप्रति नागरिकको आकर्षण बढ्न नसकेका प्रति सचेत रहनुपर्ने बताए । यस्तै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले बीमा कम्पनीहरुले मनलाग्दी लिने शुल्कमा नियन्त्रण हुनुपर्ने बताए । कार्यक्रममा बोल्दै पत्रकार महासंघ कर्णालीका अध्यक्ष देविराम देवकोटाले बीमालाई सहर केन्द्रित नभई ग्रामिण भेगका नागरिकलाई समेत यसको पहुँचमा ल्याउनुपर्नेमा जोड दिए ।
पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले बीमाको प्रभावकारी प्रचार प्रशारका लागि आम सञ्चार माध्ययमसँग समन्वयको आवश्यकता रहेको बताए । कार्यक्रममा उठेका प्रश्नको जवाफ दिदै राष्ट्रिय बीमा प्राधिकरणका उप निर्देशक पदमप्रसाद सोडारीले आम नागरिकमा बीमाको महत्व र आवश्यकताको बोध गराउन पत्रकारको ठुलो भुमिका रहने भएकाले सहकार्यको अपेक्षा गरेको बताए । कर्णालीमा विस्तारै बीमा सम्बन्धि ज्ञानले यसको पहँुच बढ्दै जान थालेपनि सन्तोषजनक भने नरहेको उनको भनाई थियो ।
बीमाको पहँुच विस्तारमा आवश्यक सहजिकरण, बीमा सचेतनामा सकारात्मक प्रभाव, बीमाको विश्वस्वनियता बृद्धिमा पत्रकारहरुको भुमिका महत्वपूर्ण हुने बताए । यस्तै, बीमा क्षेत्रमा देखिएका समस्या एवं तिको समाधानका लागि पनि पत्रकारहरुको रचनात्मक भुमिका रहने उनले बताए । आगामी दिनहरुमा बीमा सम्बन्धि कानुनी व्यवस्थाको सुधार गर्दै नियमनको पाटोलाई बलियो बनाउँदै लैजाने उनको भनाई छ । कार्यक्रममा कर्णालीलाई बेस बनाई सुर्खेतमा सञ्चालित विभिन्न जीवन र निर्जिवन बीमा कम्पनीका प्रमुखहरुको सहभागिता रहेको थियो ।
नेपालीरैबार । २०८१ श्रावण १, मंगलवार