सुनको मूल्य नयाँ कीर्तिमान कायम

काठमाडौं। सुनको मूल्यले नयाँ कीर्तिमान कायम राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा एकै दिन २ हजार रुपैयाँले बढेर झण्डै डेढ लाख नजिक पुगेको हो ।

नेपाली बजारमा आज सुन तोलाको १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख ४८ हजार १ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

अघिल्लो दिन तोलामा १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ८ सय ९५ रुपैयाँ कायम भएको छ ।

तपाईको प्रतिक्रिया