पद अनुसारको काम गरे मात्र पनि जवादेहिता पुरा हुन्छ – नगर प्रमुख ढकाल

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुख मोहनमाया ढकालले जुनसुकै व्यक्तिले पद अनुसारको काम गरे मात्र पनि जवादेहिता पुरा हुने बताइएकी छन।
शुक्रबार नेपाल सरकार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, सयूक्त राष्ट्र विकास कार्यक्रम यू एन डीपी परियोजनाको सहयोग र पहाडी क्षेत्र विकास अभियान जाजरकोट को साझेदारीमा सञ्चालित कर्णाली प्रदेशमा जवादेहिताअभिवृद्धि गर्न महिला र सिमान्तकृतहरुलाई सशक्तिकरण गर्ने परियोजना अन्तरगत सार्वजनिक सेवाप्रवाह, सुशासन र जवादेहिता विषयमा सुर्खेत जिल्ला स्तरीय सरोकारवालाहरु संगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन्  ।
उनले भनिन—“हामी सबैले जनप्रतिनिधि, कर्मचारी , पत्रकार नागरिक समाजले पद अनुसार कामगर्न सकियो भने जवादेहिता पुरा हुन्छ ।” सार्वजनिक सेवाप्रवाह, सुशासन र जवादेहिताका लागि सबै पक्षजिम्मेवार हुनु पर्नेमा जोड दिईन् ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकीय अधिकृत हित प्रशाद पौडेलले सार्वजनिक सेवा प्रवाह, सुशासन र अन्तराष्ट्रिय भ्रष्टचार विरुद्धको महासन्धिका प्रावधान सम्बन्धमा आधारपत्र प्रस्तुत गरेका थिए । सार्वजनिक सेवा प्रवाह र जवादेहिता सबैले बहन गर्न सकियो भने नागरिक सन्तुष्ट हुन सक्ने कुरामा जोड दिएको  थियो । कार्यक्रम जिल्ला समन्वय समिति सुर्खेतका उपप्रमुख सचिन कुमार वडवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा उच्च सरकारी वकिल कार्यालय उपन्यायधिवक्त रत्न प्रकाश गिरी, जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता डम्बर प्रशाद काफ्ले युन डि पी एटु जे का प्रतिनिधि इमान बहादुर सुनार, गैरसरकारी संस्था महासंघका सचिव विन्दुलाल रेग्मी, उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेल ,पत्रकार, नागरिक सामाज लगाएतले आआफ्नो धारणा राखेका थिए ।
तपाईको प्रतिक्रिया