वीरेन्द्रनगरमा सौतेनी आमासँग जगंल गएका बालक सम्पर्कविहिन

सुर्खेत । वीरेन्द्रनगरमा आमासँगै जंगल गएका एक बालक सम्पर्कविहिन भएका छन् । मंगलबार बिहान वीरेन्द्रनगर-६, गणेश चौक बस्ने अञ्जु सार्कीसँग वीरेन्द्रनगर-४, को भैरव सामुदायिक वनमा च्याउ खोज्न गएका सौतेनी पट्टीका आठ वर्षीय छोरा सुवास थारु सम्पर्कविहिन भएका हुन् ।

अन्जुले आफ्नो छोरालाई पनि साथमा लिएकी थिइन । आमा छोरा जंगलबाट घर फर्किएको तर सुवास नफर्किएपछि घटना बाहिरिएको हो । अन्जुका श्रीमानले सुवासका बारेमा सोधिखोजि गरेपछि अन्जुले अन्य बच्चासँग झगडा गर्न लाग्यो मैले ढुङ्गाले हाने त्यसपछि कता गयो थाहा भएन भन्ने जवाफ दिएकी थिइन् ।

बेलुकासम्म छोरा नफर्केपछि सुवासका बुवाले कहाँ छोडेको भन नत्र प्रहरीलाई खबर गर्छु भनेपछी अञ्जु आप्नो छोरा लिएर फरार भएको बताइएको छ । उनी फरार भएपछी बुधबार सुवासका बाबु नन्दुलाल थारुले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा छोरा खोजिदिन निवेदन दिएका छन् । साथै उनले कसैले फेला पारेमा  ९७६६२०१७६६ सम्पर्क गरिदिनुहुन अनुरोध गरेका छन् ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले बालक खोजिदिने व्यहोराको निवेदन आएको बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रवक्ता विश्कर्माले बताए ।

तपाईको प्रतिक्रिया