कांग्रेस कर्णालीका लगभग सबै प्रदेश सभा सदस्यहरु काठमाडौंमा व्यस्त, सरकार गठन कहिले?

के भन्छन् मुख्यमन्त्री कंडेल ?

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताहरु काठमाडौं भएकाले सरकारले पूर्णता पाउन ढिलाइ हुने बताएका छन् ।

शुक्रबार कार्यालयमा गरिएको पत्रकार भेटघाटमा उनले भने, ‘सहयात्री दलका साथीभाईहरु व्यस्त हुनुहुन्छ, प्रदेश सभामा १४ जना मध्ये बैठकमा ४ जनाको उपस्थिति थियो । त्यसले गर्दा बैठक नै सारियो । म यहाँ छु साथीभाइ काठमाडौं हुनुहुन्छ । उस्तै परे म काठमाडौं भेट्न जानू पर्ने हो कि ?’

कँडेलले एमाले–कांग्रेसको सत्ता साझेदारी नयाँ तरिकाले अघि बढाइने पनि बताए । आफू काठमाडौँ जाँदा सामान्य छलफल भएको बताए ‌।

तपाईको प्रतिक्रिया