नक्कली भुटानी शरणार्थीका आरोपी बेचन झालाई पक्राउ गर्ने डीआईजीलाई सरकारले हटायो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा र पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई पक्राउ गर्ने डीआईजी मनोज केसीलाई जिम्मेवारीबाट हटाइएको छ । नेपाल प्रहरीको विशेष ब्यूरोमा कार्यरत डीआइजी केसीलाई सो जिम्मेवारीबाट हटाएर उनको ठाउँमा राजन अधिकारीलाई पठाइएको हो ।

उनलाई बुधबार गृह मन्त्रालयले ब्यूरोबाट हटाउने निर्णय गरेको थियो । यद्यपी उक्त निर्णय हालसम्म गोप्य राखिएको छ । विमान दु्र्घटनामा सबैको ध्यान खिचिएको बेला गृहमन्त्री रमेश लेखकले सुटुक्क केसीलाई हटाएका हुन ।

केसीको नेतृत्वमा असार १४ गते बेचन झा र प्रतिक थापा पक्राउ परेका थिए । उनी पक्राउ परेपछि भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका उच्च नेताहरु नै तानिने बताइएको थियो । तिनै झालाई पक्राउ गर्दा सरकार ढालेको अभिव्यक्ति पूर्व गृहमन्त्री रवि लामिछानेले नै दिदै आएका छन् ।

केसीको गत जेठ १६ गते मात्रै विशेष ब्यूरोमा सरुवा भएको थियो । अहिले केसीको सरुवा विशेष ब्यूरोबाट नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

तपाईको प्रतिक्रिया