काठमाडौं । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ४५ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेर एक हजार ७४० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार ७३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
नेपालीरैबार । २०८१ श्रावण १३, आईतवार