विक्रम वि.क, सुर्खेत । कर्णाली प्रदेशका ७ स्थानीय तहमा अल्लो फाईबर प्रसोधन तथा कपडा उत्पादन परियोजनाको सुरु भएको छ । अमेरिकी सहयोग निकाय (USAID/Biodiversity) ‘जल जंगल’ परियोजनाको आर्थिक सहयोगमा देउती होजीयारी उद्योग एण्ड ट्रेडिङ्ग सेन्टर प्रा.लि.ले संचालन गरेको हो ।
कर्णालीको ७ पालिकाको १७ वडामा सञ्चालन भएको उक्त कार्यक्रममा सरोकारवाला सँग छलफल र समन्वय गरिएको हो । विगत एक दशकदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कपडा जन्य सामाग्रीको उत्पादन गरी होजीयारीले स्थानीय स्तरमा उत्पादित कच्चा पदार्थको प्रयोगसँगै स्थानीय स्तरमै रोजगारीको सिर्जना गरेको देउती होजीयारी उद्योग एण्ड ट्रेनिङ्ग सेन्टर प्रा।लि।का प्रबन्धक ओमकान्त तिवारीले बताए ।
‘अल्लो वा चाल्ने सिस्नो कर्णालीको पहाडी भूभागका जंगललहरुका खुल्ला स्थान, खोला तथा बाटोको छेउछाउका ओसिलो स्थानमा पाइने बहुवर्षीय पोथ्रा वर्गमा पर्ने यो वनस्पतिबाट बनेको कपडा लगाउँदा गर्मीमा चिसो र जाडोमा तातो हुने विशेषताले पनि यसको बजार पर्याप्त रहेको छ’ प्रबन्धक तिवारीले भने ।
उनले कर्णाली जीडबुटीको खानी रहेको यहाँका जडिबुटीलाई प्रशोधन र प्रर्बधनमा जोडदिने हो भने स्वरोजगर भई कर्णालकिो गरिबी हटाउन सकिने बताए । यस्तै, तिवारीले लघु उद्यममा सरकारले विषेश लगानी गरी सहयोग गरेमा कर्णालीको जीवनस्तर माथि उठ्ने बताए ।
उनका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, जाजरकोटको जुनिचाँदे गाँउपालिका, दैलेखको गुराँस, नौमुले, महावु, भगवतीमाई गाँउपालिका र नारायण नगरपालिका गरी ७ वटा स्थानीतहमा अल्लो प्रसोधन बारे सरोकारवाला निकाय सँग छलफल तथा समन्वयात्मक कार्यक्रम राखिएको हो ।
जसमा सम्बन्धि वडा का जनप्रतिनिधि, कार्यपालिका सदस्य, गाँउपालिकाका अध्यक्ष, उपाध्यक्ष, उद्यम विकास सहजकर्ता, रोजगार संयोजक, वन उपभोक्त समिति का सदस्य हरु को उपस्थित रहेको थियो ।
कर्णालीमा प्रशस्त मात्रमा उत्पादन भएर पनि सदुपयोग नभयको अल्लो उत्पादन र त्यसको प्रयोगबाट विभिन्न कपडा जन्य सामाग्रीको उत्पादन गरि दिर्घकालिन रुपमा स्थानीय लाई रोजगार दिनु, अल्लो उत्पादन वातावरण मैत्रि गराउनु नै परियोजना को उदेश्य रहेको कुरा प्रा।लि।का अध्यक्ष सुजाता पाण्डेयले बताए ।
यस्तै, कार्यक्रममा बोल्दै गुराँस गाँउपालिकाका अध्यक्ष टोप बहादुर बिसीले स्थानीय तहको उत्पादनलाई प्रयोग गरि पालिकालाई सबल गराउन आफू तत्पर रहेको बताए । यस्तै, लघु औंधोगिक ग्राम सुर्खेतका अध्यक्ष उदिराम डाँगिले कर्णालीलाई आत्मनिर्भर गराउनलाई अझै यस्ता परियोजनाको आवश्यक रहेको बताए ।
त्यस्तै, नौमुले गाँउपालिका अध्यक्ष छबिराम सुवेदीले उद्यमशीलताको विकासले नै पालिका समृद्धिको जग बसाल्ने भएकाले यस परियोजना प्रति पालिका सकारात्मक रहेको कुरा बताए । त्यसैगरी, भगवतीमाई गाँउपालीकाका अध्यक्ष गणेश बहादुर थापाले स्थानीय स्तरमा उत्पादन हुने अल्लोको समुचित प्रयोग गरि जलवायु मैत्री वातावरण गराउन सबै मिलेर अघि बढन् आव्हान गरेका छन् ।
महावु गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले स्थानीय सरकार र यस्तै परियोजना मिलेर उद्यमशीलताको विकास गर्न सके केही हदसम्म आर्थिक समृद्धि बढ्ने कुरा बताए । यसैगरी, नारायण नगरपालिकाका दैलेखका कार्यबाहक अध्यक्ष गोपाल कुमार बिसीले स्थानीय कच्चा पदार्थको प्रयोग गरि स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने यस्तो परियोजनालाई आफ्नो र नगरपालिकाको सहयोग रहने बताएका छन् ।
साउन ५ गते जारकोटको जुनिचाँदे गाँउपालिकाबाट सुरुवात भएको समन्वयात्मक कार्यक्रम १० गते दैलेखको भगवतीमाई गाँउपालिकामा गएर समाप्त भएको थियो ।
नेपालीरैबार । २०८१ श्रावण १४, सोमबार