काठमाडौंं। बुधबार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा १८ सय रुपैयाँले बढ्दै १ लाख ४७ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य पनि तोलामा १८ सय रुपैयाँले नै बढ्दै १ लाख ४७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य भने आज तोलमा ४० रुपैयाँले बढ्दै १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
नेपालीरैबार । २०८१ श्रावण १६, बुधबार