बिहीबार १६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । बिहीबार सुनको मूल्य १६ सय रुपैयाँले बढेको छ। बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला १६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार छापावाल सुन तोलाको एक लाख ४९ हजार ४ सय रुपैयाँ पुगेको छ। बुधबार छापावाल सुनको मूल्य १ लाख ४७ हजार ८ सय रुपैयाँ कारोबार भएको थियो ।

बिहीबार चाँदी प्रतितोला २० रुपैयाँ बढेर तोलाको १ हजार ८ सय रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य तोलाको १ हजार ७८० रुपैयाँ कायम भएको थियो।

तपाईको प्रतिक्रिया