ग्लोबल टी–२० लिग : सन्दीप र दीपेन्द्रको टोलीको हार

काठमाडौं। नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित भेनकुवर नाईट्सले क्यानडामा जारी ग्लोबल टी–२० लिगमा फेरि हार खेपेको छ ।

आइतबार भएको खेलमा भेनकुवर नेपालका कप्तान रोहितकुमार पौडेल सम्मिलित टोरोन्टो नेसनल्ससँग १९ रनले पराजित भएको हो । जितका टोरोन्टोले दिएको एक सय २८ रनको लक्ष्य पछ्याएको भेनकुवरले १८.५ ओभरमा सबै विकेटको क्षतिमा एक सय आठ रनमा समेटिएको थियो ।

भेनकुवरका लागि रिचि बेरिङ्टनले सर्वाधिक ५२ रन बनाए। रिजा हेनरिक्सले १७, दीपेन्द्रले १३ र कप्तान उस्मान ख्वाजाले १० रन बनाए । बलिङमा टोरोन्टोका रोमारियो शेफर्डले तीन विकेट लिए । मोहम्मद नवाजले दुई तथा जोसेन बेहरानड्राफ्ट, जुनैद सिद्धिकी, साद विन जाफरले एक एक विकेट लिए । यस खेलमा रोहितलाई आराम दिइएको थियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टोरोन्टोले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय एक सय २७ रन बनाएको थियो । टोरोन्टोका लागि रोस्टन चेसले सर्वाधिक २३ रन बनाए । आन्द्रेस गौस र जतिन्द्रपाल मथेरुले १९र१९, मोहम्मद नवाजले १४, निकोलस किर्तनले १३ तथा जोसेन बेहरानड्राफ्टले अविजित १२ रन जोडे ।

बलिङमा भेनकुवरका मोहम्मद आमिरले तीन विकेट लिए । रिशिभ जोशी र हर्ष ठाकरले दुई दुई तथा डवेन प्रिटोरियस र सन्दीप लामिछानेले एक एक विकेट झारे। भेनकुवरको अर्को खेल सोमबार र टोरोन्टोको मङ्गलबार छ ।

तपाईको प्रतिक्रिया