काठमाडौं। बङ्गलादेशको पछिल्लो राजनितिक घटनाक्रमका कारण आगामी अक्टोबर ३ देखि २० तारिखसम्मका लागि तय भएको आइसिसी महिला टी–२० विश्वकप सर्ने सम्भावना बढेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले बङ्गलादेशको राजनितिक अवस्थाले विश्वकप आयोजना गर्न सम्भव नभए अन्य देशमा लौजाने विकल्प रहेको जनाएको छ । आइसिसीले भारत, श्रीलङ्का र संयुक्त अरब इमिरेट्स (युएई) लाई विश्वकप आयोजनाको वैकल्पिक देशको रुपमा समेत लिएको छ ।
महिला टी–२० विश्वकपमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । बङ्गलादेशमा गत एक महिनादेखि सरकारविरोधी आन्दोलन चलिरहेको छ । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार मात्र प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेकी छन्।
हसिनाले देश छाडेसँगै बङ्गलादेशका सैनिक प्रमुख वाकर–उज–जमानले अन्तरिम सरकार गठन गर्ने तयारी सुरु गरेका छन्। बङ्गलादेशमा अन्तरिम सरकारको नेतृत्व लिन नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसलाई प्रस्ताव गरिएको छ ।
नेपालीरैबार । २०८१ श्रावण २२, मंगलवार