काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुनको मूल्यमा गिरावट भई कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलाको १४ सयले घटेर तोलाको एक लाख ४६ हजार ३ सयमा कारोबार भएको छ।
मंगलबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ७ सय पुगेको थियो।
चाँदीको मूल्य पनि घटेको छ । तोलामा १ हजार ७ सय १० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
नेपालीरैबार । २०८१ श्रावण २३, बुधबार