सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। बुधबार सुन तोलामा ८ सय रुपैयाँले बढेर एक लाख ५३ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्यले गत भदौ २ गतेको उच्च मूल्यको रेकर्ड तोडेको हो । भदौ २ गते एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि मंगलबार सुनको मुल्य १ लाख ५२ हजार २ सय रहेको थियो । त्यस्तै बुधबार चाँदीको मूल्य प्रतितोला २५ ले बढेर १८३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया