तोलामा रु एक हजार दुई सयले घट्यो सुनको मूल्य

काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुन तोलाको १२ सयले घटेको हो ।

शुक्रबार १ लाख ५३ हजार ३ सयमा कारोबार भएको सुन आज १ लाख ५२ हजार १ सयमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ यस अघि शुक्रबार सुनको मुल्य अहिल सम्मकै उच्च थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलाको ४५ रुपैयाँले घटेर १७५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया