प्रहरीको ‘सई हुँ’ भन्दै ठगीधन्दा मच्चाउने दैलेख र बाँकेका दुई जना पक्राउ

सुर्खेत । नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाको ‘सई हुँ’ भन्दै ठगीधन्दा मच्चाउने दुई जनालाई दैलेख प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुराँस गाउँपालिका–६, का २७ वर्षीय विकास बिसी र बाँकेको राप्ति सोनारी गाउँपालिका–७, लालपुरका ३६ वर्षीय लोकबहादुर खाण रहेका छन् ।

उनीहरुले ‘प्रहरीको सई हुँ’ भन्दै विभिन्न जिल्लाका व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरेको पाइएको छ । लामो अनुसन्धानपछि प्रहरीले बिसीलाई भदौ ३ गते बेलुकी उनकै गाउँबाट पक्राउ गर्न सफल भएको थियो भने खाणलाई भदौ १८ गते राती सुर्खेतको लेकबेशी नगरपालिका–२, को दशरथपुरबाट पक्राउ गरिएको हो । खाणलाई पक्राउ गर्नका लागि दैलेख प्रहरीको समन्वयमा प्रदेश प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो ।

हेडलाईनमा यसअघी अन्यथा भएकाले सच्चाईएको छ । – सम्पादक

तपाईको प्रतिक्रिया