काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्दै १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको हो ।
जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धिका साथै आन्तरिक बजारमा सुनको भन्सार बढाइएका कारण मूल्यमा प्रभाव देखिएको बताइएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ ।
नेपालीरैबार । २०८१ भाद्र २८, शुक्रबार