वीरेन्द्रनगरबाट लागूऔषधसहित दम्पती पक्राउ

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरबाट लागूऔषधसहित दम्पती पक्राउ परेका छन्। वीरेन्द्रनगर-१ ढोडेखालीबाट उनिहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा वीरेन्द्रनगर-१ का बस्ने ३४ वर्षीय डम्बर भण्डारी र निजको २३ वर्षीय श्रीमती अमृता कार्कि रहेको प्रहरीले जनाएको छ।

प्रहरी चौकी बाङ्गेसिमल र लागूऔषध नियन्त्रण ब्युरो शाखा सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो। उनिहरुको साथबाट प्रहरीले लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने १ ग्राम ६७० मिलिग्रामखैरो धुलो पदार्थ फेला पारेको थियो। दुबै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया