पञ्चपुरीमा बजार अनुगमन, व्यापारीलाई कमजोरी सच्याउन सुझाब

सुर्खेत । चाडपर्वलाई लक्षित गरी बजार अनुगमन कार्यलाई व्यवस्थित र प्रभावकारी वनाउन शुक्रबार पञ्चपुरी नगरपालिका क्षेत्रमा अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको संयोजकत्वमा बजार अनुगमन गरिएको हो । निर्देशनालयका अधिकृत माधव प्रसाद न्यौपानेका अनुसार अनुगमनको क्रममा व्यापारीलाई कमजोरी सच्याउन सुझाब दिइएको छ ।

अनुगमनको क्रममा पञ्चपुरी बजार क्षेत्रका खाद्यन्न, खाजानास्ता तथा अन्य पसलहरुमा मुल्य सुचि नटाँसेको, नापतौल यन्त्र नविकरण नगरेको, दाल, बदाम लगाएत खाद्यन्नमा किरा, धुसी लागेको, व्यवसाय फर्म नविकरण नभएको, साइनबोर्ड नराखेको, पशुको दाना र खाद्य सामाग्रि एउटै स्थानमा राखेको लगाएतका कमजोरी भेटिएका थिए ।

जसमध्ये बाबियाचौर किराना पसलमा मूल्य सुचि नराखेकोले तीन दिनभित्र मूल्य सुचि राख्न निर्देशन दिइएको छ । सोही पसलमा भेटिएको म्याद सकिएको सेलेक्स २ वटा नष्ट गरिएको छ । भने अखाध्य रङ मिसावट भएको कालो मासको दाल–५ किलो नष्ट गरिएको छ ।

यस्तै साधना एण्ड शकंर किराना पसलमा फुटकर बोतलमा पेट्रोल विक्री भएको पाईयो । उक्त पसलमा मुल्य सुचिसहित तत्काल साईन वोर्ड राख्न निर्देशनालयका अधिकृत शकंर थापाले निर्देशन दिए ।

करिष्मा स्टोर नामको पसल दर्ता नै नगरी संचालन गरेको पाइयो । हप्तादिन भित्र दर्ता प्रक्रियामा जान र नापतौल सामाग्री राख्न निर्देशन दिइएको छ । म्याद सकिएको नवरंग दालमोठ ६ प्याकेट र साजन तोरीको तेल २३० रूपैया पर्ने ३ बोत्तल नष्ट गरिएको छ ।

त्यस्तै भाट खाध्य तथा किराना पसल, गगन स्टोर, आषिश एण्ड तिर्सना जनरल स्टोर, आचार्य खुद्रा पसल र न्यु कंडेल अर्डर एण्ड सप्लायर्समा साईन बोर्ड र मुल्यसुचि नराखेकाले तीन दिनभित्र टाँस गर्न निर्देशन दिइएको छ ।

अशोक पुजा खाध्य स्टोरलाई स्थानीय तहमा तिनभित्र दर्ता गरी दर्तापत्रहरू नजिकरणा गर्ने निर्देशन दिइएको छ । काजल भेराईटी स्टोरमा मूल्य सुचि टास्नुका साथै एक हप्तामा व्यवसाय दर्ता गर्न निर्देशन दिइएको छ । भने एक डिब्बा मिठाई नष्ट गरिएको छ ।

खरेल जनरल स्टोरमा म्याद समाप्त भएको २२ पाकेट सुजी नष्ट गरिएको छ । भण्डारी खुद्रा पसलले उद्योग दर्ता नगरेकाले १५ दिनभित्र निर्देशनालयमा दर्ता गर्न निर्देशन दिइएको अधिकृत शकंर थापाले बताए ।

न्यु शंकर स्टोरमा भेटिएको म्याद गएको हजमोला, बिस्कुट, मसला गरेर १२ सय बराबरको सामान नष्ट गरिएको छ । अहिले बजारका धेरै पसलमा रगं मिसाएको कालो मासको दात विक्री भएको हुनाले उपभोक्तालाई सचेत रहन निर्देशनालयका अधिकृत माधव प्रसाद न्यौपाने अनुरोध गरे ।

अनुगमन टोलीमा पत्रकार सहित उद्योग उपभोक्ताबाट २ जना, राष्ट्रिय उपभोक्तबाट १ जना, नगरपालिकाबाट १ जना र ईलाका प्रशानबाट १ जनाको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया