सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रम

सुर्खेत । खाद्य तथा दाना सम्बन्धी नयाँ ऐन, नियम मापदण्डबारे अन्तरक्रिया गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतको आयोजना तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा कार्यक्रम गरिएको हो ।


कार्यक्रममा उद्योगी–व्यवसायीले आयातित खाद्य वस्तुहरुमा रंगहरु भेटिने तर, व्यवसायी कारवाहीमा पर्ने, नीतिनियम बनाउदा सम्बन्धित पक्षलाई पनि राखेर बनाउनुपर्ने, व्यवसायीलाई तर्साउने गरी मात्र अनुगमन गर्न नहुने, उद्योगी–व्यवसायी तथा उपभोक्ताहरुलाई समय समयमा सजक बनाउनुपर्ने धारणा राखेका थिए । उनीहरुले भारत तथा युरोप लगायतका देशमा प्रतिबन्धित खाने कलर तथा अन्य विषाधियुक्त खाद्यपदार्थ नेपालमा विक्री भइरहेको, राज्यको नीतिनियम उद्योगी–व्यवसायीहरुलाई पलायन गराउने नभइ नेपालमै बसेर केही गर्ने खालको बनाउनुपर्ने धारणा राखेका थिए ।

व्यवसायी कृष्णप्रसाद आचार्यले उद्योगी व्यवसायीहरुले गलत गरेको भनेर उजुरी पर्ने तर पछि छानविन हुँदा उद्योगी व्यवसायी निर्दोष हुने गरेको भन्दै यसतर्फ विचार गर्न आग्रह गरे । उद्योगी व्यवसायी तथा उपभोक्ताहरुलाई समय समयमा सजक बनाउन जरुरी रहेको र स्थानीय स्तरमा खुल्ला बिक्रि वितरणले उपभोक्ताको स्वास्थ्यमा नराम्रो असर गरिरेहेकाले सोको अनुगमन गर्न ध्यानाकार्षण समेत गराए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका निमित्त प्रमुख भेषराज थापाले उद्योगी व्यवसायीले उठान गरेका विषयवस्तु महत्वपूर्ण रहेको, आफूहरुले तर्साएर नभई सम्झाई बुझाई गरेर कानुनको कार्यान्वयन गर्ने, अनुगमनमा निजी क्षेत्रलाई समावेश गराउने र सबैको सहकार्यमा आमउपभोक्तालाई स्वस्थ्य र गुणस्तरीय खाद्यपदार्थ उपभोग गर्न पाउने अधिकारीको सुनिश्चितता गर्ने साथै ‘खाद्यको कार्यक्षेत्र भनेको प्याकेजिङ भएको वस्तुमा मात्र लागू हुने भएकाले खुल्ला क्षेत्रमा हुने व्यवसाय स्थानीय निकाय भित्र पर्ने हुदाँ स्थानीय निकायले नियन्त्रण गर्नुपर्ने धारणा व्यक्त गरे ।

तपाईको प्रतिक्रिया