भेरीगंगा नगरपालिकामा ७ दिने सिलाई मेशिन मर्मत तालिम सुरु

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा ७ दिने सिलाई मेशिन मर्मत तालिम सुरु भएको छ । भेरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखाको आयोजनामा सात दिने तालिम सुरु भएको हो ।

तालिममा १५ जना सिलाई व्यवसायीहरूले सहभागिता जनाएका छन् । व्यवसायीहरूलाई काममा सहज गराउन उक्त तालिमको आयोजना गरिएको हाे संचालन गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पोख्रेलले बताए । उनले सहभागी सबै व्यवसायीहरूले तालिमबाट भरपुर ज्ञान प्राप्त गर्नुका साथै यस ज्ञानलाई सदुपयोग गर्दै व्यवसायलाई थप सहज बनाउन सक्ने आग्रह गरे ।

तालिममा विशेष गरी महिलाहरूले सहभागी जनाएका छन्। भेरीगंगा नगरपालिका उप–प्रमुख धनसरा बोहोराले सानो तिनो मेशिनको समस्यालाई समेत मर्मत गर्न नसक्दा ठुलो दुख र क्षति व्यवसायीहरूले बेहोर्नु पर्ने भन्दै यो तालिम उनीहरूका लागि विशेष उपलब्धि रहने बताए । सिलाई कटाई सम्बन्धी तालिमहरू विगतदेखि नै दिइँदै आएता पनि मर्मत सम्बन्धी तालिम भने पहिलो पटक उपलब्ध गराउन सफल भएको उनको भनाई छ।

त्यस्तै उद्योग विकास तथा सहकारी शाखा प्रमुख चित्रा कुमारी डाँगीले बजारमा सिलाई व्यवसायीहरू मात्रै उत्पादन गर्नु भन्दा पनि त्यस विषयसँग सम्बन्धित समाग्रीहरुको बारेमा पनि जानकारी गराउनु पर्ने आवश्यक रहेको बताए । सोही अनुसार व्यवसायीहरूलाई आफूले प्रयोग गर्ने प्रविधिहरूमा जानकारी राख्न यो तालिम निकै फलदाईमुलक रहेको उनको भनाई थियो।

सात दिने मेशिन मर्मत तालिमले आफ्नो व्यवसायमा सहज बनाउनेको भन्दै तालिममा सहभागी व्यवसायीहरू उत्साहित देखिएका छन् । तालिममा सहभागी व्यवसायीहरूले यसलाई भरपुर प्रयोग गरेर पेसालाई थप सहज बनाउने र आर्थिक आम्दानीलाई उच्च बनाउने उद्देश्य लिएका छन् । चित्र बहादुर परियारले तालिमको प्रशिक्षण दिएका छन् ।

तपाईको प्रतिक्रिया