
सल्यानको कालिमाटी गाउँपालिकाले निशुल्क लोकसेवा आयोगको अनलाईन तयारी कक्षा संचालन गर्ने भएको छ । उँपालिकाले एक सुचना जारि गर्दै निःशुल्क लोकसेवा आयोगको अनलाईन तयारी कक्षा संचालन हुने जानकारी दिएको हो ।
कालिमाटी गाउँपालिका भित्र स्थायी रुपमा बसोवास गरिरहेका तथा योग्यता पुगेका ईच्छुक नागरिकले सुचना प्रकाशन भएको मिति (२०८१/०९/१८) ले ७ दिन भित्र पालिकाको कार्यालयमै पुगेर वा गाउँपालिकाको इमेल ठेगाना मा पनि दरखास्त पेश गर्न सकिने पालिकाले जारि गरेको सुचनामा उल्लेख गरिएको छ ।
साथै सूचनामा महिला,दलित,अपाङ्ग,जनजाति लगाएत लक्षित वर्गलाई विशेष ग्रायता दिईने उल्लेल्ख गरिएको छ । लोकसेवा आयोगको अनलाईन कक्षा संचालनको लागि गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा पाँच लाख (५,००,०००) रुपैयाँ विनियोजन गरेको छ । नेपालि नागरिकताको प्रतिलिपी र शैक्षिक योग्यताको प्रमाणपत्र ( कम्तिमा एसईई÷एसएलसी वा सो सरह उत्तीर्ण) भएका पालिका भित्र स्थायी रुपमा बसोबास गरिरहेका नागरिकले निवेदन दिन सक्नेछन् ।

नेपालीरैबार । २०८१ पुष १९, शुक्रबार