नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन सुर्खेतको अध्यक्षमा पुनः पुरी

नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन इकाई समिति वीरेन्द्रनगर सुर्खेतको १७ औ साधारणसभा वाट पुन योगेन्द्र देव पुरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

वीरेन्द्रनगरमा भएको अधिवेशन वाट उपाध्यक्षमा टिकाभक्त भारति, सचिवमा हरी वहादुर सुनार , कोषध्यक्षमा नरहरि जैसी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा निम वहादुर भण्डारी , सुरेन्द्र वहादुर घले , चिरन्जिवी पौडेल , सिद्दिमान केसी , वालाराम सापकोटा र सिसिर न्यौपाने निर्वाचित भएका हुन्। अधिवेशनको नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन का केन्द्रिय उपाध्यक्ष तथा कर्णाली प्रदेश संयोजक तिर्थ राज गिरीले उद्घाटन गरेका थिए ।

अधिवेशनमा जिल्ला अदालत शाखा अधिकृत उज्जव देव रावल , जिल्ला वार एशोसियसनका सचिव खगेन्द्र खनाल , नेपाल वारका सदस्य प्रकाश कुमार चन्द ,बिभिन्न संघसस्थाका प्रतिनिधि,समाजसेवी ,राजनीतिक दलका नेता लगाएतको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया