
सुर्खेत । संचारकर्मी तथा गायिका टिका घिमिरेको स्वर रहेको एकल लोक गीत ‘बसाई सार माया नमार’ सार्वजनिक भएको छ ।
गीतको भिडियो ‘खरो मिडिया’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ ।
उक्त गीतमा लय, शब्द तथा संगीत संयोजन प्रेमदिप राम्जालीको रहेको छ । सो गीतको भिडियोमा संचारकर्मी तथा गायिका घिमिरेले आफै अभिनय गरेकी छिन् । गीतलाई अजुर्न महर्जनले निर्देशन, छायाँकन तथा सम्पादन गरेका छन ।

नेपालीरैबार । २०८१ पुष २१, आईतवार