सुर्खेत । गुर्भाकोट नगरपालिका वडा नम्बर २ लेखमालारानि गुफा सडक हुँदै खोलाढाबको नयाँ ट्र्याकको काम सुरु भएको छ । उक्त सडकको लागि संघिय सरकार तथा गुर्भाकोट नगरपालिकाबाट समपुरक योजनामा करिब रु १ करोड २० लाख बजेट विनियोजन भई भगवती कन्ट्रक्सनले करिब ६० लाखमा (भ्याट बाहेक) ठेक्का सम्झौता गरि काम शुरु गरेको हो ।
शनिबार गुर्भाकोट नगरपालिका प्रमुख हस्त पुनको नेतृत्वमा आयोजनाको अनुगमन तथा निरीक्षण गरिएको हो । अनुगमनका क्रममा मेयर पुनले नयाँ ट्र्याकको कार्य प्रगतिको बारे जानकारी लिदै सम्झौता अनुसार समय भित्र निर्माण सम्पन्न गर्न आग्रह गर्नु भएको थियो । नयाँ सडकका लागि अहिले केही स्थानमा ठुलो चट्टान परेको हुँदा काम गर्न असहज भएको निर्माण सेवाले जनाएको छ ।
काम तिब्र गतिमा भएको जानकारी दिदै प्राविधिक भानुभक्त ढकालले हाल सम्म करिब ३ सय मिटर सडक बिस्तार भएको र सम्झौता अनुसार २० हजार घनमिटर नयाँ ट्र्याक सँगै जाली नाला तथा मेसिनरी वाल समेत हुने बताउनु भएको छ ।
नगरप्रमुख हस्त पुन , गुर्भाकोट २ का वडा अध्यक्ष नोख बहादुर वलि , प्राविधिक भानुभक्त ढकाल , स्वास्थ्य शाखा प्रमुख पुर्ण घर्ती , स्वास्थ्यकर्मी सेर बहादुर खत्री , समाजसेवी युवराज ढकाल लगायत स्थानीयहरुले अनुगमन तथा निरीक्षकण गर्नु भएको थियो । गाउँबस्तीमा लामो समय पछि सडक निर्माण हुँदा स्थानीयले खुसी व्यक्त गरेका छन ।

नेपालीरैबार । २०८१ पुष २२, सोमबार