रामहरि खतिवडाविरुद्ध जङ्गिए हृदयराम थानी

संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा सभापतिले बोल्न नदिएको भन्दै सांसद हृदयराम थानी आक्रोशित भएका छन् । सोमबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसद थानी बोल्दै गर्दा समिति सभापति रामहरि खतिवडाले रोकेपछि विवाद भएको हो ।

बैठकमा सांसद थानीले समितिमा धेरै विधेयकमाथि छलफल गर्न बाँकी रहदा धेरै उजुरीहरु छलफलका लागि किन ल्याएको भन्दै प्रश्न गरेका थिए । थानीले आफु संयोजक रहेको उपसमितिको प्रतिवेदन समेत थन्काएर राखिएको उल्लेख गरेका थिए ।

‘संसारभरका उजुरी आएर सक्छ त राज्य व्यवस्था तथा सुशासन समितिले आफैकहाँ विधेयक अड्केर बसिराखेका छन् । संवैधानिक न्यायिक परिषदको विधेयक पारित गरियो, संसदमा गएर सुतेर बसेको छ, भ्रष्टाचारसम्बन्धीको अस्ति पास भएकाे र ‘संवैधानिक परिषद् विधेयक संसदमा सुतेको छ, अख्तियार विधेयक समितिमा आइसियुमा रहेको छ ।’

सो क्रममा सभापति खतिवडाले रोक्न खोजेपछि थानी आक्रोशित भएका हुन् । उनले आफु बोल्न खोज्दा सधै सभापतिले रोक्न खोजको भन्दै आपत्ती समेत जनाए ।

सभापति खतिवडाले सबैको सहमतिमा विधेयक अघि लैजाने भन्दै सांसद थानीलाई बोल्न आग्रह गरेका थिए । तर सांसद थानीले भने सभापतिको कार्यशैलीको विरोध गर्दै आफ्नो भनाइ अघि बढाउन अस्वीकार गरेका थिए ।

तपाईको प्रतिक्रिया