गुर्भाकोट नगरपालिका वडा नम्बर ९ मा विपद व्यवस्थापन सम्वन्धी दुईदिने तालिम सम्पन्न भएको छ। वडा नम्बर ९ को वडा कार्यालयमा ९पौष २१ गते० हिजो देखि सुरु भएको विपद व्यवस्थापन सम्वन्धी तालिम आज सम्पन्न भएको हो। गुर्भाकोट नगरपालिका वडा नम्बर १,२,३,४,५,९ र ११ नम्बर गरि ७ वटा वडा बाट प्रतिवडा ५ जनाको दरले जम्मा ३५ जना विपद व्यवस्थापन सम्वन्धी तालिममा सहभागी भएका थिए ।
२४ औं सशत्र प्रहरी दिवश २०८१ को अवसरमा समुदायमा आधारित विपद व्यवस्थापन सम्वन्धि तालिम संचालन गरिएको हो। तालिममा सहभागीलाई विपदको परिचय,प्रकार,विशेषता,विपद व्यवस्थापनका चक्र,जल उत्पन्न प्रकोपको परिचय,स्थानीय श्रोत साधनबाट कसरि विपद सम्वन्धि उद्दार सामाग्री बनाउन सकिन्छ,अग्नि नियन्त्रण सम्वन्धमा ज्ञानसिप लगाएतको प्रशिक्षण दीइएको थियो ।
यस्तै कार्यक्रममा नगर उपप्रमुख मैना बिकले कार्यक्रमको आयोजना गर्ने शत्र प्रहरी बल नेपाल नम्बर ३२ गण हेक्वा रक्तकाली सुर्खेतलाइ विशेष धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा नगरपालिका स्वयमले यस्ता कार्यक्रमको समन्वय एवं आयोजना गर्ने बताउनु भएको थियो। साथै उहाँले गाउँघरमा विपद सम्वान्धिका घटनाहरु हुदाँ दुई दिनको तालिममा सिकेको सीपलाई प्रयोग गर्न आग्रह गर्दै आगामी दिनमा यी र यस्तै सस्थाको सहयोगमा अन्य वडामा पनि विपद व्यवस्थापन सम्वान्धिको तालिम संचालन गरिने बताउनु भएको थियो ।
तालिममा सहभागी भएकी गौरी वलीले थोरै ज्ञान मात्र पनि ज्ञान नहुदाँ विपदजन्य घटना बढिरहेको बताउँदै दुई दिनको तालिम पश्चात आफु गाउँघरमा हुने विपद सम्वान्धिका घटनाहरु लाई न्युनिकरण गर्न सक्ने अवस्थामा पुगेको बताउनु भएको थियो। साथै उहाँले हामि मानिसमा विपद सम्वन्धि हुने घटना न्यूनीकरणको गर्नको लागि सामान्य ज्ञान समेत नहुदा वर्षेनी विपदका घटना बढ्दै गईरहेको परिपेक्षमा यी र यस्ता कार्यक्रमले विपदका घटना न्युनिकरनामा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको थियो।
समापन कार्यक्रममा नगर उपप्रमुख मैना बिक , निमित्त प्रशासकीय अधिकृत चित्र बहादुर ढकाल,वडा नम्बर ९ का वडा अध्यक्ष ज्ञान बहादुर खत्री,वडा नम्बर ४ का वडा अध्यक्ष राम बहादुर डाँगी,जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरु उपरीक्षक रुपेश खड्का,सशत्र प्रहरी बल नेपाल नम्बर ३२ गण हेक्वा रक्तकाली प्रहरी निरीक्षक राज कुमार श्रेष्ठ,लगाएत विपद व्यवस्थापनको तालिम दिने सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो। शत्र प्रहरी बल नेपाल नम्बर ३२ गण हेक्वा रक्तकाली सुर्खेतको आयोजना एवं गुर्भाकोट नगरपालिकाको समन्वयमा विपद व्यवस्थापन सम्वन्धी दुईदिने तालिम सम्पन्न भएको हो।

नेपालीरैबार । २०८१ पुष २४, बुधबार