
सल्यान । माघे संक्रान्तिको अवसरमा सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ५ मा वृहत भलिवल, फुटवल, गायन तथा नृत्य प्रतियोगिताको आयोजना हुने भएको छ। वडा नम्बर ५ दमदुवाली स्थित त्रिवेणी युवा क्लवले एक सुचना जारि गर्दै आउँदै गरेको माघे संक्रान्ति २०८१ को अवसर पारी वृहत भलिवल, फुटवल, गायन तथा नृत्य प्रतियोगिता संचालन हुन लागेको जानकारी गराएको हो । सवै युवा क्लव, समुह र सम्वन्धित सवैलाइ वमोजिम उपस्थित भईदिनु हुन सुचनामा उल्लेख गरिएको छ ।
उल्लेखित कार्यक्रमको लागि यहि पौष २४ गते बेलुका सम्म टिम दर्ता गर्न सकिनेछ भने उद्घाटन तथा खेल संचालन पौष २५ गते विहान ८ः०० बजे देखी हुनेछ। फुटवल खेलको लागि टिमदर्ता शुल्क रु ५,००० रहेको छ भने विजेता रु ५०,००० उपविजेता रु २५,००० साथै सान्तवना पुरस्कारको समेत व्यवस्था गरिएको छ। भलिबल तर्फ टिमदर्ता शुल्क रु ३,००० रहेको छ भने विजेता रु १५,००० उपविजेता रु १०,००० साथै सन्त्वना पुरस्कार प्राप्त गर्ने छन् ।
महिला लाइभ दोहोरी (३जना समुहमा) (पोषण र स्वास्थ्य सम्बन्धी शब्द मिलाउनु पर्ने, गितको बोलः झिमझिम सानु नाझिम्काउ परेली ) को टिमदर्ता निशुल्क हुनेछ भने प्रथम पुरस्कार ५०००,दोस्रो पुरस्कार ३००० त तेस्रो पुरस्कार १००० रहेको छ। नृत्य (एकल र समुहिक) मा टिमदर्ता शुल्क निशुल्क रहेको छ भने प्रथम पुरस्कार १५००,दोस्रो पुरस्कार १००० र तेस्रो पुरस्कार ५०० रहेको छ ।
साथै कार्यक्रममा कालिमाटी गाउपालिका वडा न. ५ भित्र उत्पादित कृषी प्रदर्शनी गर्न सकिनेछ, प्रदर्शनीमा उत्कृष्टलाई पुरस्कारको पनि व्यवस्था गरिएको छ। थप जनकारीको लगी वम बहादुर गाहा ९७४९२८०४१५ , भुपेन्द्र सुनार ९७४४२३१२९० र कालिमाटी गाउपालिका वडा नम्बर ५ वडा अध्यक्ष टोप बहादुर कार्की ९८६६६४५५१६ मा सम्पर्क गर्न सकिनेछ ।
यता कालिमाटी गाउँपालिका ५ नम्बर वडा कार्यालयले एक सुचना जारि गर्दै माघे संक्रान्तिको अवसरमा पौष २९ गतेका दिन ५ नम्बर भित्र रहेका सार्वजनिक संघसंस्था हरुमा सार्वजनिक विदा दिने निर्णय समेत गरेको छ ।
यस्तै सुचनामा स्थानिय स्तरमा उत्पादन भएका कृषि वस्तुहरुको लागी कृषि मेला प्रदर्शनी स्टलमा संचालन गरिने भएकाले उक्त कृषि मेला प्रदर्शनीमा कृषि वस्तु राखी उत्कृस्ट भई पुरस्कार जित्नु हुन अनुरोध गरिएको छ । कालिमाटी गाउँपालिका ५ नम्बर वडा कार्यालयको आयोजनामा दमदुवालिमा माघी मेला संचालन हुन लागेको हो ।

नेपालीरैबार । २०८१ पुष २४, बुधबार