
सुर्खेतको भेरीगंगा नगरपालिकामा ७ दिने सिलाई मेशिन मर्मत तालिम सम्पन्न आज सम्पन्न भएको छ । भेरीगंगा नगरपालिका उद्योग विकास तथा सहकारी शाखाको आयोजनामा सुरु भएको सात दिने तालिम आज सम्पन्न भएको हो ।
तालिममा १४ जना सिलाई व्यवसायीहरूले सहभागिता जनाएका थिए । तालिममा बिषेशगरी महिलाहरुले सहभागी जनाएका थिए । व्यवसायीहरूलाई काममा सहज गराउन उक्त तालिमको आयोजना गरिएको कार्यक्रमका अध्यक्षता गरिरहेका नगरप्रमुख यज्ञ प्रसाद ढकालले बताए ।
उनले सहभागी सबै व्यवसायीहरूले तालिमबाट सिकेको सिपलाई भरपुर प्रयोग गरेर पेसालाई थप सहज बनाउन र आर्थिक आम्दानीलाई उच्च बनाउन आग्रह गरेका थिए ।समापन कार्यक्रमका प्रमुख अतिथि एवं नगर उपप्रमुख धनसरा बोहोराले व्यवसायीहरुलाई बिभिन्न तालिमहरु उपलब्ध गराउन नगरपालिकाले उपप्रमुख स्वरोजगार कार्यक्रम अन्तरगत विगतका वर्ष देखीनै भुमिका खेल्दै आएको बताए । सिलाई कटाई सम्बन्धि तालिमहरु बिगत देखीनै दिईदै आएता पनि मर्मत सम्बन्धि तालिम भने पहिलो पटक उपलब्ध गराउन सफल भएको उप प्रमुख बोहोराको भनाई छ ।
यस्तै समापन कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले सानो तिनो मेशिनको समस्यालाई समेत मर्मत गर्न नसक्दा ठुला ठुलो दुख र क्षती व्यवसायीहरुले बेहोर्नु पर्ने भन्दै यो तालिम उनिहरुका लागि बिषेश उपलब्धीपूर्ण रहने बताएका छन् । बजारमा सिलाई व्यवसायीहरु मात्रै उत्पादन गर्नु भन्दा पनि त्यस बिषय सँग सम्बन्धित समाग्रीहरुको बारेमा पनि जानकारी गराउनु पर्ने आवश्यक रहेको उहाँको भनाई थियो । सोही अनुसार व्यवसायीहरुलाई आफुले प्रयोग गर्ने प्रविधिहरुमा जानकारी राख्न यो तालिम निकै फलदाईमुलक रहेको उनले बताए ।
तालिममा सहभागी रमना परियारले यो तालिमले सानो तिनो प्राविधिक समस्या हल सँगै मेशिन सेट गर्न समेत ज्ञान प्रदान गरेको जनाए । ७ दिने मेशिन मर्मत तालिमले आफ्नो व्यवसायमा सहज बनाएको भन्दै तालिममा सहभागी व्यवसायीहरु उत्साहित देखिएका छन् ।
जतिनै कपडा सिलाउन आएपनि कपडा निर्माण गर्ने सामाग्रीनै बिग्रिएपछि के लाग्छ र ? तर अव सानो तिनो समस्याबाट हामि दुख पाउनु पर्ने अवस्था रहेन् सहभागीहरुले भने“, १४ जना सिलाई व्यवसायीहरुले उक्त तालिमलाई ध्यान दिएर सिकेकाछन् ।
आफुलाई नभई नहुने तालिमका कारण पनि उनिहरुले यसलाई ध्यान पूर्वक सिकेको उद्योग विकाश तथा सहरी शाखा प्रमुख चित्रा डाँगीले बताए । समापन कार्यक्रमको संचालन उद्यम विकास सहजकर्ता लाल बहादुर कार्कीले गर्नु भएको थियो बहने ७ दिने तालिमको प्रशिक्षण चित्र बहादुर परियारले गरेका थिए ।

नेपालीरैबार । २०८१ पुष २४, बुधबार