
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका -१० बुलबुले गेटनजिक भिजिट कर्णाली रिसोर्ट प्रालि सञ्चालनमा आएको छ । शुक्रबार रिसोर्टको उद्घाटन कर्णाली प्रदेशका उधोग पर्यटन वन तथा वाताबरण मन्त्री सुरेश अधिकारीले गरेको हुन । रिसोर्ट करिव ४५ लाख लागतमा सञ्चालन गरिएको हो ।
भिजिट कर्णाली यातायात प्रालिले सञ्चालमा ल्याएको रिसोर्टमा कर्णालीका अर्गानिक परिकारहरु मकैको रोटि, कोदोको रोटि,फापरको रोटी, लगाएका परिकार रहेका छन् ।
यस्तै कर्णाली नदिको माछा, कर्णालीको सिस्नो, लगाएका अर्गानिक परिकार खान पाईने प्रालिका अध्यक्ष प्रकाश शाहीले नेपाली रैबारलाई बताए । उनले खानाका परिकारहरु अन्य ठाँउमा भन्दा सस्ताे र स्वास्थ्य वर्दक रहने उल्लेख गरे।
अध्यक्ष शाहीका अनुसार कर्णाली प्रदेशमा पर्यटकलाई लोभ्याउने, र आकर्सित गर्ने उदेश्यले रिसोर्ट सञ्चालन गरिएको हो । उक्त रिसोर्टमा अहिले १३ जनाले रोजगारी प्रदान गरेको छन् । कर्णालीका पर्यटकीय ठाँउहरुमा घुम्न आउने पर्यटकलाई स्कारपियो गाडिहरुको पनि सुविधा रहेको छ ।

नेपालीरैबार । २०८१ पुष २६, शुक्रबार