जुम्लामा नागरिकता सिफारिस सेवा अनलाइनबाट सुरु हुदै

जुम्ला । जुम्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत सिफारिस सेवा सुरु हुने भएको छ । आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा सुरु गर्न तयारी गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिएका छन् ।

यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भइसकेको छ । प्रजिअ शाहीले “गृह मन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको बताएका छन् । अनलाइन प्रणालीबाटै नागरिकताको सिफारिस दिन सकिने र यसका लागि कर्मचारीलाई आवश्यक तालिम दिइने बताइएको छ ।

तपाईको प्रतिक्रिया