कृषि कार्यालय दैलेखका प्रमुखको हृदयघातका कारण मृत्यू

सुर्खेत । दैलेखमा एक जना कार्यालय प्रमुखको हृदयघातका कारण मृत्यू भएको छ । कार्यालयको काम गर्दैगर्दा हृदयघात भई जिल्ला कृषि विकास कार्यालय दैलेखका कृषि विकास अधिकृत ५६ वर्षीय राजु भूजको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहालले जानकारी दिए ।

आइतबार दिउँसो कार्यकक्षमा काम गरिरहेकै बेला असहज महसुस भएपछी भुज कार्यालय भवनमै रहेको निवास तर्फ लागेका थिए । केही समयपछी आफ्नै ओछ्यान ढलेको अवस्थामा मृत फेला परेको कार्यालयका कर्मचारीहरुले बताएका छन् । तत्कालै दैलेख जिल्ला अस्पतालमा पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

वीरेन्द्रनगर सुर्खेत घर भएका भुलले कृषि विकास कार्यालय दैलेखमा जागिर जोडिएपछि दैलेखमा विवाह गरी दुल्लू बस्तै आएका थिए । उनका दुई श्रीमतिबाट पाँच छोरी र एक छोरा छन् ।

तपाईको प्रतिक्रिया