
सुर्खेत । वीरेन्द्रनगर ६ सुर्खेत स्थित सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २३ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार एक औपचारिक कार्यक्रमकाबिच संस्थाकै सभाहलमा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा आ.व २०८०/०८१ मा संस्थाले सम्पन्न गरेका संस्थागत कार्य प्रगतिको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
संस्थाले गरेको कामहरुको समग्र अवस्थाको बारेमा तयार पारिएका आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन समेत सभामार्फत सार्वजनिक गरिएको छ । संस्थाका अध्यक्ष टोपबहादुर टंलामीका अनुसार २०५८ सालमा संस्था स्थापना भएको हो । लेखा सुपरिवेक्षण समितिले संस्थालाई व्यवस्थित, पारदर्शी, मितव्ययी र सदस्य केन्द्रित सेवालाई प्रभावकारी बनाउन संचालक समितिलाई दिएको सुझाव कार्यान्वयन गरिएको उनले बताए ।
संस्थाले हासिल गरेका उपलब्धिबारे जानकारी दिदै ५ हजार ६ सय ४२ जना शेयर सदस्य रहेको उनले बताए । उनका अनुसार संस्थाको कुल शेयर पूँजी ६ करोड ६१ लख ३० हजार ६०० रहेको छ । भने कुल बचत तथा निक्षेप रकम ६९ करोड ४१ लख २९ हजार ६६० रुपैंया र सदस्यहरुमा लगानीमा रहेको ऋण ९१ करोड ९५ लाख २ हजार ६०० रहेको छ ।
सुर्खेत जिल्ला वीरेन्द्रनगर वडा नं ६ गोलबजारमा संस्थाको आफ्नै भवन र सभाहल रहेको छ । संस्थाको जगेडा कोषमा ४ करोड ५० लाख ८३ हजार ६४३ रहेको अध्यक्ष टंलामीले बताए । संस्थाको बाह्य ऋण २२ करोड १० लाख ५७ हजार ३०७ रहेको छ । संस्थामा हाल महिला १३, पुरुष १६ पुरुष गरी जम्मा २९ जना कर्मचारीहरु रहेका छन् ।
‘यो संस्थाको कार्य क्षेत्र सुर्खेत जिल्ला भरी रहेको र हाल सुर्खेत जिल्लाका ९ वटा स्थानीय तह मध्ये ५ वटा स्थानीय तहमा काम गरिरहेको छौं’ उनले भने, ‘वीरेन्द्रनगरमा एक मुख्य कार्यालय र अन्य ६ वटा सम्र्पक कार्यालयहरु सञ्चालनमा रहका छन ।’
आय आर्जनमुलन काममा जोड
यो संस्थाले आय आर्जनमुलन काममा पनि जोड दिएको छ । समुदायमा सदस्यहरुको आर्थिक उन्नतिका लागि संस्थाले विभिन्न किसिमका आय आर्जनमुलन कामहरु गर्दै आईरहेको छ । कृषि तथा पशुपालनका लागि विउपुंजी कार्यक्रम, मौरी पालन कार्यक्रम, कन्या च्याउ खेती कार्यक्रम, धान खेती कार्यक्रम र कफी खेती कार्यक्रम गरिसकेको छ ।
सदस्यहरुलाई व्यावसाय सञ्चालन गर्न तथा साना साना उद्योमी बनाउनका लागि ऋण लगानी गरिरहेको छ । भने सदस्यहरुलाई सर्वसुलभ रुपमा कर्जा प्रवाह गर्न र युवा शेयर सदस्यहरुलाई स्वरोजगार बनाउनका लागि नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग सम्झौता गरेर सदस्यहरुलाई स्वरोजगार कर्जा लगानी गरिरहेको छ ।
सदस्यहरुको रुची र व्यवसायलाई प्रवद्र्धन गर्नका लागि व्यावसायीक अवलोकन भ्रमण, विभिन्न किसिमका तालिम, व्यावसायीक कफी खेतीको लागि प्राङ्गारिक कफी खेती तालिम, सहकारी शिक्षा शिविर, वित्तीय साक्षरता तालिम सञ्चालन गरी सदस्यहरुलाई आत्मनिर्भर बनाउने प्रयास गरेको छ । संस्थाका सञ्बालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति र कर्मचारीहरुलाई क्षमता अभिवृद्धि गर्नका लागि संस्थाले आफै वा राष्ट्रिय सहकारी बैंक लि., भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालय वा अन्य निकायहरुसँग समन्वय गरेर विभिन्न किसिमका तालिमहरु भौतिक वा जुम मार्फत तालिमहरु सञ्चालन गर्दै आईरहेको छ ।
बहुउद्देश्यीय मूलक कामः यस संस्थाले बहुउद्देश्यीय मूलक कामलाई अगाडी बढाउनको लागि कफी खेती व्यवसाय सञ्चालन गरिराखेको छ । संस्थाका सदस्यहरुको व्यवसाय बमोजिम समूहहरु बनाई व्यावसायिक विशिष्टीकरण गरिरहेको छ । संस्थाले कफी खेतीको व्यवसायबाट सदस्यहरुको आर्थिक जीवनस्तर सम्बुद्ध बनाउनको लागि कफी खेती व्यवसाय सञ्चालनमा ल्याएको छ ।
जुन चौकुने गाउँपालिका–६, झ्यालेकाँडामा २८०० बिरुवा, वीरेन्द्रनगर नगरपालिका –१४ को सोतखोलामा ५८०० बिरुवा, बालिमा ५०० बिरुवा, वीरेन्द्रनगर १३, लामिडाँडामा ११२४ विरुवा, बराहतालको सनैना र टाँटीमा १५२९ लेकबेशी नगरपालिकाको नेटा ५ मा ९२० विरुवा, बीरेन्द्रनगरमा ३५० बिरुवा र अन्य क्षेत्रमा २७२ गरी जम्मा १३२९५ कफीको बिरुवा लगाएर बहुउद्देश्यीय मूलक कामको थालनी गरिएको छ । साथै यस वर्षमा कफीको बिरुवा आफै उत्पादन गरी बिक्रि गर्ने लक्ष्य लिएर कफीको कुक्षक शेयर सदस्यहरुलाई ११ के जि. कफीको बिर्ड वितरण गरी कफीको नर्सरी बालनी गरिएको छ। यस आर्थिक वर्षमा १२ हजार कफीको बिरुवा लगाईने संस्थाले जनाएको छ ।

नेपालीरैबार । २०८१ पुष २८, आईतवार