जनशक्ति अभावका कारण रारामा चरा गणना हुन सकेन्

मुगु । राराको सिमसार क्षेत्रमा जलपन्क्षीको गणना अहिलेसम्म हुन सकेको छैन । राष्ट्रिय निकुञ्ज तथा वनजन्तु संरक्षण विभागको अगुवाइ तथा हिमाली प्रकृतिको संयोजनमा पुस २३ गतेबाट नेपालभरका सिमसार क्षेत्र भित्रका चरा गणना गर्ने कार्य भएता पनि रारामा जनशक्ति अभावका कारण अहिलेसम्म गणना हुन नसकेको हो ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त कार्यालय प्रमुख महेश न्यौपानेका अनुसार अन्य जिल्लाका राष्ट्रिय निकुञ्ज कार्यालयमा पुस २३ गतेबाट चरा गणना सुरु भइरहेको छ । तर रारामा जनशक्ति अभावले गर्दा गणना कार्य हुन सकेको उनको भनाइ छ । उनले माघ २ गतेबाट चरा गणना गर्ने कार्य भएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया