
सुर्खेत । गुरुकुलका विद्यार्थीहरुलाई काँक्रेविहार दन्त केन्द्रले न्यानो कपडा, ब्रस र मन्जन वितरण गर्दै दन्त स्वास्थ सम्बन्धि सचेतनामूलक कार्यक्रम गरेको छ ।
काँक्रेविहार दन्त केन्द्रमा उपचारका लागि आएका बिरामीहरूको नामबाट संकलित रकम प्रयोग गरी सञ्चालक किरण बिसी र कमला पुरीले आफ्ना बुबा अबिराम बुढा क्षेत्रीको वार्षिक तिथि पारेर सचेतनामूलक कार्यक्रम गरेको बताएका छन् ।
सुर्खेतको पञ्चपुरी नगरपालिका वडा न ५ मा रहेको सिबधाम गुरुकुल विद्यालयका विद्यार्थीहरुलाई चिसो मौसमलाई मध्यनजर गर्दै तातो कपडा, ब्रस र मन्जन वितरण गरिएको साथै मुख स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको र यसले विद्यार्थीहरुलाई दन्त स्वच्छता अपनाउँन साथै आफ्नो स्वास्थ्य र दन्त स्वास्थ्य सम्बन्धि जानकारी हुने अपेक्षा लिएको बिसीको भनाइ छ ।

नेपालीरैबार । २०८१ पुष २९, सोमबार