
सुर्खेत । २७ औं भूकम्प दिवसको अवसरमा अन्तरक्रिया गरिएको छ । सिमान्तकृत महिलाहरुका लागि महिला संस्था –वाम) को आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । ‘भूकम्पले सिकाएको पाठ ः बलियो संरचना पूर्व तयारीका साथ’ भन्ने अभिप्रार्यलाई सफल पार्नुपर्नेमा सहभागिले जोड दिएका थिए ।
प्राकृतिक प्रकोपको जोखिममा सिमान्तकृत बालबालिका र महिला बढी पर्ने गरेको जनाइएको छ । गतवर्ष जाजरकोटमा गएको भूकम्पमा परी महिला र बालबालिका बढी जोखिममा परेको मानव अधिकार आयोग कर्णाली प्रदेशका मानबहादुर कार्कीले बताए । वीरेन्द्रनगर नगरपालिकाले भूकम्प प्रतिरोधि घर निर्माणका लागि नीति नै अबलम्व गरेको छ । सोही बमोजिम पूर्वाधार निर्माणको काम भइरहेको वीरेन्द्रनगर सामाजिक विकास समितिका संयोजक टिका घलेले बताइन् ।
मानव निर्मित संरचनाले नै ठूलो क्षति हुने गरेको । सिमान्तकृत महिलाहरुका लागि महिला संस्था –वाम) का अध्यक्ष देवि पौडेलले बताइन् । अहिले संस्थाले विभिन्न टोल–टोलमा जनचेतनाका कार्यक्रम गरिरहेको उनको भनाइ छ । कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका वडा नंं ६,७,८,१० र १२ का स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण सुन्दर नेपाल संस्थाका अध्यक्ष माया सापकोटाले गरेकी थिइन् ।

नेपालीरैबार । २०८१ माघ २, बुधबार