काठमाडौँ । लोकप्रिय सामाजिक एप्स टिकटक अमेरिकामा बन्द भएको छ । अमेरिकी सर्वोच्च अदालतले शुक्रबार आफ्नो आदेशमा चिनियाँ भिडिओ शेयरिङ एप टिकटक आइतबारसम्म अमेरिकी कम्पनीलाई बिक्री गर्न वा प्रतिबन्ध सामना गर्न बनाइएको कानूनलाई मान्यता दिएको दिएको ।
तर, टिकटकले अमेरिकी प्रतिबन्ध लाग्नुअघि नै अमेरिकामा आफ्नो सेवा बन्द गरेको हो । अमेरिकी राष्ट्रपतिको पद डोनाल्ड ट्रम्पले सम्हालेपछि टिकटक बन्द गर्ने तयारीमा थिए । ट्रम्पले सोमबार शपथ लिँदैछन् । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता रहेको बताइएको छ ।
यसअघि नै अमेरिकी संसद्ले १९ जनवरीदेखि टिकटक बन्द गर्ने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध अदालतमा परेको मुद्दामा संसद्कै निर्णय सदर भएको छ । टिकटकले व्यक्तिगत गोपनियताको हनन् गरेको तथा अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम बढेको भन्दै बन्द गराउने निर्णय भएको थियो ।

नेपालीरैबार । २०८१ माघ ६, आईतवार